विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा अगाडि

काठमाडौँ । नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको देखिएको छ ।

२०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबारमार्फत रु. ८० अर्ब ९ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख कारोबार हुँदा रु. ६ खर्ब १८ अर्ब ७१ करोड बराबरको कारोबार भएको छ । मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ ।

यता, क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ । तथ्यांकअनुसार ५ करोड ४६ लाख कारोबारमार्फत रु. १ खर्ब ५३ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =