एनटिएनसीको अध्यक्षमा वनमन्त्री चौधरीको पदभार
२०८३ वैशाख २९ गते

काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को अध्यक्षको पदभार ग्रहणसँगै ‘शून्य सहनशीलता’ नीति लागू गर्न निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार एनटिएनसीको अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएसँगै मन्त्री चौधरी आज (एनटिएनसी) को अध्यक्षको जिम्मेवारी, पदभार ग्रहण गरेकी हुन् । सो अवसरमा उनले पारदर्शी र उत्तरदायी ढङ्गले काम गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री चौधरीले संरक्षण क्षेत्रमा कोषले पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी र नमूना संस्था बनाउनुपर्ने जोड दिइन् । सो कार्यक्रममा सचिव, विभागीय प्रमुख तथा एनटिएनसीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
२०८३ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








