शीर्ष क्रम चल्न नसक्दा नेपालको साँघुरो हार

काठमाडौँ । शीर्ष क्रमका ब्याटर चल्न नसक्दा नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डसँग साँघुरो हार व्यहोरेको छ ।

कीर्तिपुरमा मंगलवार भएको वर्षाले प्रभावित शृंखलाको पहिलो खेलमा शीर्ष ब्याटर चल्न नसक्दा नेपाली टोली स्कटल्याण्डसँग २ रनको साँघुरो हार बेहोर्न बाध्य भएका हुन् । यो हारसँगै लिग–२ को शीर्ष चार भित्र पुग्ने नेपालको लक्ष्यमा दबाब परेको छ ।

नेपालले शीर्ष तीन विकेट छिटै गुमाउन पुग्यो । मध्य क्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी र गुलसन झाले अर्धशतक बनाउँदै जितको सम्भावना राखे पनि घरेलु टोली सफल भएन । यससँगै लिग–२ को २५ खेलबाट नेपालले १५ हार सामना गर्यो । अब लिगको अंकतालिकामा चौथो स्थानको नेदरल्यान्ड्ससँग नेपालको अंकदूरी १० अंकमा नै सीमित भएको छ । डच टोलीले एक खेल कम खेलेको छ ।

जितपछि स्कटल्यान्डले शीर्ष स्थानको अमेरिकासँग अंक बराबरी ९२५ अंक० गरेको छ । यसै श्रृंखलामा रहेको अमेरिकाले २४ खेल र स्कल्यान्डले २९ खेल खेलेका छन् । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले सुरुमा ५० ओभर नै खेल्दै दुई सय ४४ रनको लक्ष्य दियो । तर, वर्षाका कारण खेल प्रभावित भयो । नेपालले ३९औँ ओभरमा २२१ रनको नयाँ लक्ष्य पायो ।

यद्यपि, नेपाल इनिङको अन्तिम बल बाँकी छँदा नतिजा सुम्पियो । घरेलु टोलीले ३९ ओभरमा सात विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई १३ रन आवश्यक थियो । पूरै ओभर लिए पनि गुलसन जित दिलाउन असफल भए । उनी ६१ रनमा अविजित रहे । १० बल खेलेका नन्दन यादव ८ रनमा अविजित रहे ।

गुलसनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ४९ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले । उनको इनिङमा पाँच चौका र एक छक्का रह्यो । १३।३ ओभरमा ४५/३ को नाजुक अवस्थामा थियो । ओपनरद्वय आसिफ शेख २१ रन र विनोद भण्डारी १० रनमा नै आउट भए । यसपछि युवा ब्याटर अर्जुन कुमालले पनि खाता खोल्न सकेनन् ।

चौथो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रबीच ७६ रनको साझेदारी बन्यो । रोहित ३२ रनमा आउट हुन पुगे । ८ रन जोड्ने क्रममा तीन विकेट गुमाएपछि नेपाल फेरि दबाबमा पयो । २६औँ, २७औँ र २८औँ ओभरमा रोहित, आरिफ शेख र दीपेन्द्र पभेलियन फर्किए ।

सातौँ विकेटका लागि करण केसी र गुल्सनबीच ४० रनको साझेदारी बनेपछि घरेलु समर्थकले जितको आशा पाए । करण पनि १८ रनमा पभेलियन फर्किए । यसपछि गुलसनले आक्रामक ब्याटिङ गरे पनि जित दिलाउन भने सकेनन् ।

स्कटल्यान्डको बलिङमा ब्राड करीले तीन तथा मार्क वाटले दुई विकेट लिँदा ओलिभर डेभिनसन र ज्याक जार्भिसको नाममा समान एक विकेट रह्यो । त्यसअघि स्कटल्यान्डले टस जितेर ब्याटिङ ग¥यो । आक्रामक सुरुवात पाएपछि पाहुना टोलीको त्यो निर्णय सही साबित पनि भयो । यद्यपि, नेपालले बलिङमा पुनरागमन ग¥यो । आठ विकेटको क्षतिमा स्कटल्यान्डले दुई सय ४३ रनको मध्यम योगफल बनायो ।

२० ओभरमै स्कटल्यान्डले बिनाविकेट १०८ रन जोड्दै आक्रामक सुरुआत गर्यो । ओपनरद्वय जर्ज मुन्सेले ७५ रन र फिन्ले म्याकृथले ३५ रनको योगदान दिए । पहिलो विकेटका लागि यी दुईले एक सय १४ रनको आक्रामक साझेदारी गर्दै नेपाली बलरमाथि दबाब सिर्जना गरे । २१औँ ओभरमा लेग स्पिनर सन्दीप लामिछानेले दुवैलाई आउट गर्दै दबाब हटाए । मुन्सेले ६२ बलमा १२ चौका र २ छक्का गरे । ६२ बल खेलेका फिन्लेको इनिङमा तीन चौका रह्यो । यसपछि नेपाली स्पिनरले दबाब बनाए । दुई ओभरपछि नै नेपालले तेस्रो विकेट लियो । सन्दीपले ब्रान्डन म्याकमुलनलाई ७ रनमा बोल्ड गरे ।

छिटै नै सन्दीपले चौथो विकेट लिँदै पाहुना टोलीलाई दबाबमा राखे । उनले कप्तान रिकी बेरिङ्टनलाई ५ रनमा एलबिडब्लु शिकार बनाए । यससँगै २४.२ ओभरमा स्कटल्यान्ड १२८/४ को अवस्थामा पुग्यो । पाहुना टोली यसपछि १५ ओभरसम्म समालिएर खेल्यो र विकेट गुमाएन । माइकल इङ्लिस र म्याथ्यु क्रसले पाँचौँ विकेटका लागि ४३ रनको साझेदारी गर्दै स्कटल्यान्डको इनिङ दुई सय रनको पार गराए । क्रस १८ रनमा आउट भए । मार्क १८ बलमा २४ रन र माइकल लिस्कले २९ रन बनाए ।

वाटले १ रनमा दीपेन्द्रसिंह ऐरीबाट जीवनदान पाएका थिए । नेपालको बलिङमा सन्दीपले १० ओभरमा शीर्ष चार विकेट लिँदा एक मेडन राखे । नन्दनले अन्तिम ओभरमा २ विकेट लिँदै १ रन मात्र खर्चिए । करण र नन्दनले समान दुई विकेट आफ्नो नाममा गरे । आठ राष्ट्र सहभागी लिग–२ मा नेपाल १८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =