कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैन : गुरुराज घिमिरे

चितवन । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कसैलाई पनि पार्टीभित्र पक्षपात नहुने बताएका छन् ।

आज पत्रकारहरूसँग उनले पार्टीभित्र परम्परागत गुट नभएको र कुनै पनि आधारमा कसैलाई पक्षपात नगरी १५ औँ महाधिवेशनमा जाने बताए ।

महामन्त्री घिमिरेले भने, ‘पार्टीभित्र मतभेद देखिन्छन् । त्यसलाई सम्बोधन गर्दै सबैलाई समेट्ने कुरामा हामी तयार रहेका छौँ । पार्टीमा अवसर, भूमिका दिने र समेट्न उदारतापूर्वक सबैको राजनीतिक भविष्यलाई सुनिश्चित राख्न हामी सचेत छौँ । हाल एकढिक्का भएर १५ औँ महाधिवेशनको तयारीमा लागिरहेका छौँ ।’

हालै केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णयले पनि सबैलाई मिलाएर लैजाने कुरामा आफूहरू तयार रहेको पुष्टि गरेको उनको भनाइ थियो । ‘पार्टीमा ६०–४० को र अस्वस्थ गुटबन्दीको गुनै गुञ्जायस छैन । पार्टी सबैको साझा थलो हो भन्ने कुरा स्थापित गरेर अघि बढ्छौँ’, महामन्त्री घिमिरेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =