नेपाली सेना किन सुकुम्वासी बस्तीमा परिचालित गरिए ?- एमाले नेता बादल

काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले नेपाली सेना किन सुकुम्वासी बस्तीमा परिचालित गरिए ? भन्दै प्रश्न गरेका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सेनाको भूमिकामाथि शङ्का व्यक्त गर्दै यस्तो प्रश्न गरेका हुन् ।

आफूले संसदमा सिंह दरबार जल्दा मौन बसेको सेना अहिले किन सरकारको इशारामा नाचिरहेको छ ? भनेर प्रश्न उठाएको बताए । उनले गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका क्रममा मुलुक ध्वस्त पारिएको विषय सरकारको नीति तथा कार्यक्रममा नअटाएको भन्दै आपत्ति जनाए ।

नेता थापाले भने ‘सेना किन सुकुम्वासी बस्तीमा परिचालित गरिए रु मैले संसदमा त्यो प्रश्न उठाएको हो । मुलुक र सिंहदरबार बस्दा सेना किन मौन बस्यो ? भनेर त्यो प्रश्न उठाएको हुँ । यो प्रश्नको जवाफ नीति तथा कार्यक्रममा आएन । मेरो कारण एमाले झन् माथि उठ्छ ।’

उनले नेकपा एमालेलाई अझै सशक्त रूपमा माथि उठाउन भूमिका खेल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =