अब कर्णालीमा कांग्रेस नेतृत्वको सरकार : गगन थापा
२०८३ वैशाख २८ गते

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कर्णाली प्रदेशमा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने समय आएको बताएका छन् ।
प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस र एमालेबीच भएको राजनीतिक सहमति कार्यान्वयन गर्ने बेला आएको उल्लेख गरे ।
उनले भने, ‘हामी कांग्रेस र एमालेबीच एउटा सहमति भएको छ । अब कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बेला आएको छ ।’
वि.सं २०७९ को प्रदेशसभा निर्वाचनपछि बनेको सत्ता समीकरणअनुसार नेकपा एमालेले कर्णाली सरकारको नेतृत्व गर्दै आएको छ ।
कर्णाली प्रदेशमा कांग्रेसले लामो समयदेखि सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
२०८३ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








