अनेरास्ववियु आरआर क्याम्पसको अध्यक्षमा गोबिन्द बिष्ट निर्वाचित
२०८३ वैशाख २८ गते

काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीको २६ औँ सम्मेलनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।
सम्मेलनबाट अध्यक्षमा गोबिन्द बिष्ट निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा दक्ष शाही, पासाङ स्याबो र सुस्मिता खड्का चयन भएका छन् ।
सचिवमा खम्बोध्वज बस्नेत निर्वाचित भएका छन् भने सहसचिवमा एकेन्द्र खत्री, सुरेश चन्द्र र जेमिना पुन मगर चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी अर्पण धिमिरेले पाएका छन् ।
निर्वाचनबाट ३१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ ।
नयाँ नेतृत्वले विद्यार्थी हक, अधिकार र शैक्षिक आन्दोलनलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउँदै संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
२०८३ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








