सम्पती शुद्धिकरणसम्बन्धि अध्यादेश संसदमा पेश

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धिकरणसम्बन्धि अध्यादेश संसदमा पेश गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा अध्यादेश पेश गर्दै उनले नेपालको संविधानको धारा ११४ को उपधारा १ मा संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्था बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक पर्दा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था रहेकाले सोही बमोजिम अध्यादेश ल्याइएको जानकारी दिए ।

उनले त्यसरी जारी भएको अध्यादेश ऐन सरह लागू हुने बताए । तस्करी ( भन्सार अन्तशुल्क करसहित), कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी, धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी, मुद्रा, बैङ्किङ, वित्तीय, विदेशी विनिमय, विनिमय, अधिकारपत्र र बिमा सम्बन्धी सम्बद्ध कसूरसँग सम्बन्धित सम्पती शुद्धीकरणको विषयमा गरिने अनुसन्धान र अभियोजना थप प्रभावकारी बनाउन जरुरी भएकाले अध्यादेश जारी गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =