रास्वपाको केन्द्रीय समिति बैठक वैशाख ३० गते बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक यही वैशाख ३० गते बस्ने गरी तय गरिएको छ । तर बैठकको स्थान र समय भने पछि निर्धारण गरिने जनाइएको छ ।

पार्टीले संगठनात्मक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =