काठमाडौंमा ‘काभा महिला भलिबल च्यालेन्ज कप’ आयोजना हुँदै

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा आगामी जेठ ८ गतेदेखि ‘काभा महिला भलिबल च्याम्पियनसिप’ शुरु हुने भएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताको औपचारिक घोषणा गर्दै ट्रफी समेत सार्वजनिक गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने यो प्रतियोगिता आगामी जेठ १५ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजकास्तान, कीर्गिस्तान र इरान गरी कुल आठ राष्ट्रले प्रतिष्पर्धा गर्ने संघले जनाएको छ ।

यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) को विश्व वरीयता निर्धारण कार्यक्रमको हिस्सा समेत हो ।

यस प्रतियोगितामा प्राप्त हुने नतिजाका आधारमा अन्तर्राष्ट्रिय भलिबलको सर्वोच्च निकाय एफआईभीबीले सहभागी राष्ट्रहरूको विश्व वरीयता अद्यावधिक गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न करिव दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

जसका लागि राष्ट्रिय खेलकुद परिषद्बाट एक करोड रुपैयाँ र काठमाडौं महानगरपालिकाबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको संघले जानकारी दिएको छ । बाँकी रकम प्रयोजक तथा अन्य स्रोतबाट संकलन गरिने संघको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =