अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग पूर्व बजेट छलफल गर्दै रास्वपा सांसद्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग आर्थिक वर्ष २०८३/०८४ सालको बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ गर्ने भएका छन् ।

छलफल अपराह्न चार बजे सिंहदरबारमा हुनेछ । छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुने जनाइएकाे छ । साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =