वायुसेवा कम्पनीलाई तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग

काठमाडौं । वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन माग गरेको छ ।

संघकाअनुसार कोभिड–१९ महामारी, जेनजी आन्दोलन तथा मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ ।

इन्धनको मूल्य बढेसँगै उडान खर्च उल्लेखनीय रूपमा बढेको र नेपाल आउने पर्यटकको संख्यामा कमी आएकाले संकट समाना गर्नुपरेको छ ।

पहिले वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशत रहने गरेकोमा हाल बढेर ५५–६० प्रतिशत पुगेको छ । यसले गर्दा कम्पनीहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको र भविष्यमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ ।

संघका अध्यक्ष प्रताप जंग पाण्डेले वायुसेवा सेवा सुचारु राख्न र यात्रुलाई सर्वसुलभ दिनका लागि राहतको माग गरेका छन् ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गरेका छन् छ भने विमानस्थल सेवा शुल्क नियमावली, २०७८ संशोधन गर्नुपर्ने, आन्तरिक उडानमा लाग्दै आएको मौसमी सेवा शुल्क हटाउनुपर्ने तथा वायुसेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगको रूपमा दिइएको वर्गीकरणअनुसार कर छुट उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन् ।

संघकाअनुसार हाल अमेरिकी डलरमा लिइँदै आइएको छ । ती विभिन्न शुल्क नेपाली रुपैयाँमा तोक्न समेत सरकारसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =