लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो ।
काठमाडौँको दक्षिणकाली नगरपालिका–५, बुढानिलकण्ठ नगरपालिका–६ र चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक÷एक जना पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका–६ बाट दुई, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
त्यस्तै, कैलालीको भजनी नगरपालिका–३ र धनगढी उपमहानगरपालिका–६ बाट एक÷एक, इलामको सूर्योदय नगरपालिका–७ हर्कटेबाट दुई, सुनसरीको दुहवी नगरपालिका–१०, बराहक्षेत्र नगरपालिका–२ पुनर्वास र धरान उपमहानगरपालिका–१७ बाट एक÷एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ भोजाडबाट तीन, भरतपुर महानगरपालिका–१ आँपटारीबाट एक, राप्ती नगरपालिका–११ डुम्रेखाडी जङ्गलबाट एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँबाट दुई जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीबाट एक, बेलौरी नगरपालिका–१० सडकघाटबाट चार जना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । जाजरकोटको शिवालय गाउँपालिका– छेडाचौरबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको पोखरिया नगरपालिका–४ बाट एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट दुई, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








