झरीमा रुझ्दै गोकर्णेश्वरमा साकेला (तस्बिरहरू)

गर्मी बढेसँगै बेँसीबाट लेकतर्फ उक्लने जीवनशैलीसँग जोडिएकै कारण यस पर्वलाई ‘उभौली’ भनिएको हो।

काठमाडौँ। उभौली पर्व आज देशभरका भूमे स्थानहरूमा पूजा–आराधनासहित मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा किरात राई समुदायले बाली रोप्नुअघि प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै राम्रो उत्पादनको कामना गर्ने परम्परा रहिआएको छ ।

गर्मी बढेसँगै बेँसीबाट लेकतर्फ उक्लने जीवनशैलीसँग जोडिएकै कारण यस पर्वलाई ‘उभौली’ भनिएको हो । समुदायको विश्वासअनुसार यस समय चराचुरुङ्गी, जङ्गली जनावर तथा माछासमेत उँभो लाग्ने गर्छन् । त्यसै गरी मार्गशीर्ष शुक्ल पूर्णिमामा बाली भित्र्याएर बेँसी झरेका मानिसहरू पुनः उँभो लाग्ने चक्रको सुरुआत पनि यही दिनबाट हुने मान्यता छ ।

उभौली पर्व समृद्धि, उन्नति र सफल खेतीपातीको कामनासँग गाँसिएको छ । यस अवसरमा चण्डी नाच र साकेला नाच विशेष आकर्षणका रूपमा प्रस्तुत गरिन्छ, जसका कारण यस दिनलाई ‘चण्डी पूर्णिमा’ पनि भन्ने गरिन्छ ।

“तस्बिरमा यज्ञडोल (जगडोल) सामुदायिक वन मा उभौली पर्व मनाउँदै किरात समुदाय”

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =