बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

बिहान साढे ८ बजेदेखि सुरु गरिएको अभियानअन्तर्गत घर–टहरा भत्काउन थालिएको हो ।

काठमाडौं । बल्खुस्थित बागमती नदी किनारका सुकुम्बासी बस्तीमा शुक्रबार बिहानदेखि डोजर चलाइएको छ ।

बिहान साढे ८ बजेदेखि सुरु गरिएको अभियानअन्तर्गत घर–टहरा भत्काउन थालिएको हो । प्रशासनले यसअघि नै बस्ती खाली गर्न उर्दी जारी गरेको थियो ।

स्थानीयलाई केही समय घर–टहरामा रहेका बाँकी सामान निकाल्न दिइएपछि डोजर प्रयोग गरिएको बताइएको छ । उक्त क्षेत्रमा ठूलो संख्यामा जनपद तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बस्ती खाली गराइएका सुकुम्बासीहरूलाई स्क्रिनिङका लागि दशरथ रंगशाला, त्रिपुरेश्वरमा जान निर्देशन दिइएको छ । त्यहाँ स्क्रिनिङपछि उनीहरूलाई होल्डिङ सेन्टरमा पठाइने जनाइएको छ ।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =