त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार पूर्णस्तरको आपतकालीन नमूना उद्धार अभ्यास सम्पन्न भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा विमानस्थलको स्वीकृत आपतकालीन योजनाअनुसार उद्धार अभ्यास सम्पन्न गरेको हो ।

उच्च उडान–अवतरण चाप रहेको विमानस्थलमा सम्भावित दुर्घटनाको अवस्थामा तयारी परीक्षण गर्ने उद्देश्यले अभ्यास गरिएको विमानस्थलका महाप्रवन्धक टेकनाथ सिटौलाले बताए । सिटौलाका अनुसार आइकाओको प्रावधानअनुसार प्रत्येक दुई वर्षमा यस्ता पूर्णस्तरका अभ्यास अनिवार्य हुने बताए । ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आइकाओको मापदण्डअनुसार बनेको विमानस्थल हो । यहाँ वायुयानको उडान अवतरणको चाप धेरै नै छ । आइकाओको मापदण्डअनुसार प्रत्येक दुई वर्षमा एकचोटि कुनै प्रकारको दुर्घटना भयो भने त्यसको तयारीको अवस्था स्वरुप हामीले स्वयं परीक्षण गर्नुपर्ने हुन्छ । त्यही मापदण्ड पुरा गर्नको लागि आज हामीले फुल स्केल इमरजेन्सी एक्सरसाइज गरिरहेका छौँ । यसमा धेरै वटा एजेन्सी समेत संलग्न हुनुहुन्छ । यस उद्धार अभ्यासको प्रतिवेदन आउँछ अनि हामी त्यसलाई कार्यान्वयन गर्छौँ’ उनले भने ।

उनले उद्धार अभ्यासको प्रतिवेदन आइसकेपछि त्यसको थप प्रभावकारी कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =