निर्वाचन शान्तिपूर्ण भएपनि खर्चिलो र भड्किलो भएको ईओसी नेपालको निष्कर्ष

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले विगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण, मर्यादित र निष्पक्ष भएको बताएका छन् ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)का अध्यक्ष श्रीकृष्ण सुवेदीले ३६ वटा राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिवेदनले पनि यस निर्वाचनलाई धाँधलीरहित र भयरहित देखाएको उल्लेख गरेका हुन् ।

उनले आफू स्वयंले १२ वटा जिल्लाका विभिन्न मतदान केन्द्रहरूको प्रत्यक्ष पर्यवेक्षण गर्दा वातावरण अत्यन्तै संयमित र उत्साहजनक पाएको बताए । तर निर्वाचनको प्रक्रियागत सुधार भएपनि उम्मेदवारहरूले गर्ने खर्चको प्रवृत्तिमा भने कुनै कमी नआएको उनको भनाइ छ ।

निर्वाचन आयोगले तोकेको खर्चको सीमा अव्यवहारिक रहेको तर्क गरे । अध्यक्ष सुवेदीले पर्यवेक्षणका क्रममा एउटै ¥यालीमा ११७ वटा रिजर्भ गरिएका गाडी, ५३ वटा अटो र १ हजार ३ सय भन्दा बढी मोटरसाइकल प्रयोग भएको भेटिएको तथ्य प्रश्तुत गरे ।

निर्वाचनलाई भड्किलो र खर्चिलो हुनबाट जोगाउन संविधान र कानूनमै परिमार्जन आवश्यक रहेकोमा उहाँले राजनीतिक दल र सरोकारवालाहरूको ध्यानाकर्षण गराए । ‘निर्वाचन आयोगले तोकेको ३० लाखको सीमाले उम्मेदवारहरूको वास्तविक खर्च धान्ने स्थिति देखिँदैन । उम्मेदवारहरूले महिना दिनसम्म सयौँ कार्यकर्ता परिचालन गर्ने, सवारी साधन र इन्धनमा गर्ने खर्च हेर्दा वर्तमान कानूनी सीमा अपर्याप्त र अप्राविधिक देखिएको छ’ उनले भने ।

ईओसी नेपालले निर्वाचन खर्चका विषयमा छुट्टै विस्तृत अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =