अध्यादेश ल्याएरै भए पनि काम गर्नुपर्छ, किचकिच नगरौँ: महावीर पुन

काठमाडौं । सरकारले एकैपटक विभिन्न अध्यादेश सिफारिस गरेपछि विपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला स्वतन्त्र सांसद महावीर पुनले भने सरकारको कदमको खुलेर समर्थन गरेका छन् ।

प्रतिनिधिसभाका स्वतन्त्र सदस्यसमेत रहेका पुनले सरकारलाई काम गर्न दिनुपर्ने भन्दै अनावश्यक अवरोध नगर्न आग्रह गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ । कुविद्वानहरूले किचकिच नगरौँ ।”

आफूले विगतमा जनहितका काम गर्न खोज्दा ऐन-कानुनकै कारण अवरोध झेल्नुपरेको अनुभव सुनाउँदै उनले मन्त्रालयहरूले “कानुनी जटिलता” देखाएर काम अघि बढ्न नदिँदा धेरै समस्या भोग्नुपरेको बताए । शिक्षामन्त्री हुँदा आफूले अघि बढाउन खोजेका कामहरू पनि यस्तै कारणले रोकिएको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =