क्लासिक टेकको इन्टरनेट टि.भी अफर: ‘एक वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले ‘एक वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ अफर सार्वजनिक गरेको छ ।

यस अफरमा अब ग्राहकहरूले ३०० एमबिपीएस उच्च गतिको इन्टरनेट र आइपी टि.भी जडानमा ४ वर्षसम्म आइपी टि.भी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।

दैनिक प्रति दिनको मात्र रु ४० को दरले यो अफर वार्षिक जडान गर्न सकिनेछ । एचडि तथा एसडि प्रेमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका, खेलकुदसम्मका सयौँ टिभी च्यानलहरू समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।

जसको मूल्य रु ५०० प्रति महिना पर्न आउने तर अफरमा लिँदा भने प्रति महिना मात्र रु २०३ रहेको बताइएको छ । जसले गर्दा कुल ३ वर्ष टिभी बोनसमा ग्राहकलाई रु ७,३२२ बराबरको फाइदा हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ग्राहकको तीव्र आवाश्यकतालाइ मध्य नजर गर्दै, १ वर्ष इन्टरनेट तथा आइपी टि.भी जडानमा ३ बर्से निःशुल्क आइपी टि.भी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ ।

थप जानकारीका लागि क्लासिकटेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =