नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरणका आधारमा उक्त कम्पनीको संलग्नतामा बीमा ऐनको दफा १४० को उपदफा (१) को खण्ड (६) सम्बन्धी कसुर भएको आरोप लागेको छ ।

सोही आधारमा जिल्ला अदालत काठमाडौंबाट सोमबार पक्राउ पुर्जी लिएपछि मंगलबार काठमाडौं महानगरपालिका–५, कागेश्वरी मनोहराबाट श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =