बोलाइएको संसद स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कदम लोकतन्त्रको मर्यादाविपरितः काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले बोलाइएको संसद स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति गम्भीर असहमति जनाएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले एकातिर बोलाइएको संसद स्थगित गर्ने र अर्कोतर्फ संसदलाई छलेर अध्यादेश ल्याउने कार्य लोकतन्त्रको मर्यादाविपरीत भएको बताएका हुन् ।

अध्यादेशमार्फत मुलुक चलाउने कार्यले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्ने उनको भनाइ छ । उनले जनताको थलोका रूपमा रहेको संसदमा सबै विषय पारदर्शी रूपमा छलफल भएर त्यहीँबाट कानून निर्माण हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘एकातिर बोलाएको संसद स्थगित गर्ने, अर्कोतर्फ संसदलाई छलेर अध्यादेश ल्याउने कदमहरू लोकतन्त्रको लागि मर्यादित कदम होइन । त्यसले अनुकूलता प्रदान गर्दैन, जबाफदेहिता स्थापित गर्दैन । संसदको सर्वोच्चतालाई अवमूल्यन गर्छ । जनताको थलोमा हरेक कुराहरू पारपर्दी रूपमा छलफल होस् । त्यसैबाट कानूनहरु बन्दै जाउन भन्ने हाम्रो अपेक्षा हो । सरकारको यस कदममा हामी गम्भीर असहमति व्यक्त गर्दछौँ ।’

उनले संसदीय प्रणाली र लोकतान्त्रिक अभ्यासविपरीत ठहर कार्य नगर्न समेत सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =