धर्मेन्द्र बास्तोलाको आरोप- बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलालहरूको एजेन्ट हो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र साह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव बास्कोटाले यस्तो आरोप लगाएका हुन् ।

उनले जनताको जेन–जी आन्दोलनलाई साम्राज्यवादका एजेन्टहरूले अपहरण गरी तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार गठन गरेको आरोप पनि लगाए । उनले २१ फागुनको चुनावबाट आउने सरकार जुनसुकै दलको भएपनि साम्राज्यवादकै दलाल हुने भएकाले नेकपा बहुमतसहित चार दलले निर्वाचन बहिष्कार गरेको टिप्पणी गरे ।

बास्कोटाले राष्ट्रियताको रक्षाका लागि चुनाव खारेज गरी पुनः निर्वाचन गरिनुपर्ने आफ्नो पार्टीको अडान रहेको भएपनि त्यसो हुन नसकेको बताए । उनले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका पुराना संसदीय दलहरूलाई पनि साम्राज्यवादकै गोटीको रूपमा चित्रण गरे ।

उनले भने ‘जनताको आन्दोलनलाई साम्राज्यवादका एजेन्टहरूले अपहरण गर्ने काम गरे । जसको कारणले सरकार बनेको थियो । त्यो सरकारले गर्ने चुनावबाट बनेको सरकार साम्राज्यवादका एजेन्ट हुन्थ्यो । त्यसैले जसरी अहिले रास्वपाको सरकार साम्राज्यवादको गोटीको रूपमा एजेन्टको रूपमा काम गर्छ यो ठाउँमा यदि नेपाली काँग्रेसले जितेको हुन्थ्यो भनेपनि, माओवादी वा एमालेले जितेको हुन्थ्यो भनेपनि वा कुनैपनि दलले जितेको भएपनि त्यो सरकार साम्राज्यवादको दलाल हुन्थ्यो । त्यसकारण अन्तिम समयमा पनि हामी ४ वटा पार्टीले निर्वाचन नै बहिस्कार गरेका हौँ । नेकपा बहुमतले कुनैपनि हालतमा अनेक प्रकारको मोर्चा गरिकन राष्ट्रियताको रक्षाको निम्ति चुनाव खारेज गर्नुपर्छ भनेका हौँ । यदि चुनाव खारेज भएर अर्को चुनाव भएको भए साम्राज्यवादको योजना भत्किन्थ्यो । पहिलेका संसदीय पार्टीहरू पनि साम्राज्यवादका गोटी नै हुन् । अहिले बनेको पनि गोटी नै हो । तर ती दलहरूको चरित्र एउटै प्रकारको हुन्थ्यो । अहिले आएको पार्टी भनेको यो चरित्र चाहिँ साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको चरित्र हो ।’

महासचिव बास्तोलाले राष्ट्रिय स्वाधीनताको रक्षा र जनआन्दोलनको वास्तविक उद्देश्य पूरा गर्न वैकल्पिक राजनीतिक मोर्चा निर्माण आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =