सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, जबर्जस्ती उठिबास रोक्न माग

काठमाडौं । सुकुम्बासी बस्तीबाट जबर्जस्ती उठिबास गराउन लागेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

थापाथलीस्थित सुकुम्बासी बस्तीका गोपाल रन पहेलीसहितका निवेदकहरूले शुक्रबार रिट दायर गर्दै सरकारको उक्त कदम रोक्न माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौँ महानगरपालिकाले नदी किनारका बस्तीहरू शुक्रबार बेलुका ७ बजेसम्म खाली गर्न सूचना जारी गरिसकेको सन्दर्भमा निवेदकहरू अदालत पुगेका हुन् ।

रिटमा देशभरका नदी किनार वा अन्य स्थानमा रहेका सुकुम्बासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्थाविना कुनै पनि प्रकारको जबर्जस्ती हटाउने कार्य नगर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । साथै, नेपाल प्रहरी लगायत सुरक्षा निकायको प्रयोग गरी बल प्रयोग नगर्न पनि माग गरिएको छ ।

निवेदकहरूले शुक्रबार नै निवेदन दर्ता गरी तत्काल सुनुवाइको माग गरेका छन् । तर, सर्वोच्च अदालतमा अहिलेसम्म निवेदन दर्ता नभएकाले सोमबारसम्म प्राथमिक सुनुवाइ हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =