राष्ट्रपतिले स्थगित गरे संघीय संसदको दुवै सदनको अधिवेशन
२०८३ वैशाख १० गते

काठमाडौँ । संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हालका लागि स्थगित गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन स्थगित गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ (१) बमोजिम आह्वान गरिएको अधिवेशन मन्त्रिपरिषद्कै वैशाख १० गतेको सिफारिसका आधारमा विशेष कारणवश हाललाई स्थगित गरिएको हो ।

२०८३ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








