घट्टेकुलोमा वैशाख १२ गते बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै

काठमाडौँ । घट्टेकुलो नमुनानगर टोल सुधार समितिको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ ।

‘रक्तदान जीवनदान’भन्ने नारासहित आयोजना गरिने उक्त कार्यक्रम वैशाख १२ गते शनिवार घट्टेकुलोस्थित लालीगुँरास मार्गमा सम्पन्न हुने जनाइएको छ ।

कार्यक्रममा स्थानीयवासी तथा इच्छुक सर्वसाधारणलाई सहभागी भई रक्तदान गर्न आयोजकले आह्वान गरेको छ । कार्यक्रमलाई काठमाडौँ महानगरपालिका वडा नम्बर २९ ले प्रायोजन गरेको छ ।

रक्तदान कार्यक्रममार्फत आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको टोल सुधार समितिका अध्यक्ष गणेश कट्टेलले बताए ।

रक्तदान गर्न चाहनेहरूले 9851003903, 9851055092 नम्बरमा सम्पर्क गरेर पनि सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =