वेस्ट बैंक र गाजामा प्यालेस्टिनी बन्दी दिवस मनाइयो, मृत्युदण्डसम्बन्धी इजरायली कानून खारेज गर्न माग

एजेन्सी । प्यालेस्टिनीहरूले बिहीबार वेस्ट बैंक र गाजा पट्टीमा र्याली र प्रदर्शनका साथ ‘प्यालेस्टिनी बन्दी दिवस’ मनाएका छन् । यस अवसरमा उनीहरूले प्यालेस्टिनी बन्दीहरूलाई मृत्युदण्ड दिने अनुमति दिने इजरायली कानून खारेज गर्न माग गरे ।

यो वार्षिक स्मृति दिवस सन् १९७४ मा कायरोमा आयोजित प्यालेस्टिनी राष्ट्रिय परिषद्को १२ औं सत्रमा स्थापना गरिएको थियो । विभिन्न प्यालेस्टिनी संघ–संस्था र गुटहरूद्वारा आयोजित यी कार्यक्रमहरूमा सहरका मुख्य केन्द्रहरू र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको कार्यालय बाहिर विरोध प्रदर्शन गरिएको थियो ।

सहभागीहरूले प्यालेस्टिनी झण्डा प्रदर्शन गर्दै, बन्दीहरूको तस्बिर बोकेर उनीहरूको पक्षमा ऐक्यवद्धताका साथ नाराबाजी गरेका थिए । इजरायलीहरूको मृत्यु हुनेगरी आक्रमण गरेको अभियोगमा दोषी ठहरिएका प्यालेस्टिनीहरूलाई मृत्युदण्ड दिने कानून इजरायली संसद् (नेसेट) ले गत मार्चमा पारित गरेपछि यी प्रदर्शनहरू भएका हुन् ।

बन्दी अधिकार संगठनहरूको संयुक्त प्रतिवेदनका अनुसार, सन् २०२३ अक्टोबर ७ मा गाजा द्वन्द्व शुरु भएयता इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको संख्या ९ हजार ६ सय नाघेको छ, जुन युद्धअघि करिव ५ हजार २ सय ५० थियो ।

प्रतिवेदनकाअनुसार बन्दीहरूमध्ये ८६ महिला र करिव ३५० नाबालक रहेका छन् । प्रतिवेदनले अन्तर्राष्ट्रिय फौजदारी अदालतसँगको सहयोग र बन्दीहरूलाई भेट्न रेडक्रसको अन्तर्राष्ट्रिय समितिको पहुँच विस्तारलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायको थप सक्रिय भुमिकाका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =