वैशाख १९ मा ‘एनसेल बिजनेस बाह्रखरी गल्फ’ र आर्थिक परिसंवाद हुने, विजेतालाई सुनको गल्फ बल

काठमाडौं । बाह्रखरी मिडियाले ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र ‘इकोनोमिक सिम्पोजियम’ (आर्थिक परिसंवाद) वैशाख १९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गोकर्ण गल्फ कोर्समा हुने यस प्रतियोगितामा कर्पोरेट क्षेत्रका नेतृत्वकर्ता, विभिन्न व्यावसायिक प्रतिष्ठानका प्रतिनिधि, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, न्यायाधीश तथा उच्च सरकारी अधिकारीसहित १०० भन्दा बढी गल्फरहरूको सहभागिता रहनेछ । प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा खेलाइनेछ ।

यस वर्षको ‘अल–राउण्ड’ विजेताले २४ क्यारेट सुनबाट बनेको गल्फ बल पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, कुनैपनि प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरेमा ‘होल–इन–वन’ पुरस्कारस्वरूप बीवाईडीको ‘एट्टो थ्री’ विद्युतीय गाडी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रधान सेनापति अशोकराज सिग्देलले गर्ने कार्यक्रम छ ।

गल्फ प्रतियोगितासँगै आयोजना हुने ‘इकोनोमिक सिम्पोजियम’ मा मुलुकको वर्तमान आर्थिक अवस्था, नीति निर्माण र विश्वव्यापी आर्थिक उतारचढावले नेपालमा पार्ने असरबारे गहन छलफल हुनेछ । परिसंवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा रहनेछन् ।

कार्यक्रममा एनआइआइटी युनिभर्सिटीका चान्सलर तथा भारतीय नीति आयोगका पूर्व प्रमुख कार्यकारी अधिकृत –जी २० शेर्पा) अमिताभ कान्त र पूर्व अर्थसचिव रामेश्वर खनालको विशेष सम्बोधन रहनेछ ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि, राजनीतिक दलका नेता, विज्ञ र सञ्चारकर्मीसहित करिब १ हजार २ सय पाहुनाको उपस्थिति रहने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक एनसेल बिजनेस रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =