रास्वपाले चयन गर्‍यो मुख्य सचेतक र दुई सचेतक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियारक्रान्तिशिखा धिताललाई चयन गरिएको छ ।

संसदीय गतिविधिलाई प्रभावकारी बनाउन र पार्टीको धारणा संसदमा सशक्त रूपमा प्रस्तुत गर्न रास्वपाले नयाँ जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 5 =