माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत ९३ जनाविरुद्ध दायर मुद्दामा विशेष अदालत, काठमाडौंले बहस नोट पेश गर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठउमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो । हाल यो मुद्दा अन्तिम सुनुवाइको चरणमा रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले प्रतिवादीहरूबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुल गरी जरिवाना तथा सजाय मागदाबी गरेको छ ।

२०६६ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो । साथै, २०६६ माघ १८ गतेको बैठकले भने त्यही विषयमा अस्वीकृति दिएको दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =