अमिशा पराजुलीलाई गाली गर्दा पक्राउ गरेका व्यक्ति धरौटीमा रिहा

काठमाडौं । सामाजिक सञ्जालमार्फत भएको डिजिटल यौनहिंसासम्बन्धी उजुरीका आधारमा पक्राउ परेका एक व्यक्ति धरौटीमा रिहा भएका छन् ।

२० वर्षीया अमिशा पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विरोध कार्यक्रममा सहभागी हुँदा आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा रौतहटको गुजरा नगरपालिका–२ का २४ वर्षीय अभिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई चैत २९ गते १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

“अमिशाको उजुरीमा अहिलेसम्म एक जना पक्राउ परेका थिए । उनलाई धरौटीमा छोडेका छौं,” एसपी गिरीले भने, “अन्य संलग्न व्यक्तिहरूको विवरणका लागि फेसबुकसँग जानकारी माग गरिएको छ।”

प्रहरीका अनुसार चैत ३० गते साँझसम्म मेटाबाट आवश्यक विवरण प्राप्त भइसकेको छैन । पीडित पराजुलीले १९ वटा फेसबुक आइडीविरुद्ध कानुनी कारबाही गर्न माग गर्दै जाहेरी दिएकी छन् ।

प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =