नयाँ वर्षको पहिलो दिन कस्तो रहन्छ मौसम ?
२०८३ वैशाख १ गते

काठमाडाैं । आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग लगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत देशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
२०८३ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








