मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत स्पष्ट छन्: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत अस्पष्ट नभएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले आम्दानीका स्रोत स्पष्ट रहेको दाबी गरे । “आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वाभाविक रूपमा गर्न सक्ने नै भयो,” उनले भने ।

मोरिसस भ्रमणबाट फर्किएका खनालले आफ्नो पार्टीका मन्त्री र सांसदहरू विभिन्न पेशाबाट आएको हुँदा आम्दानी हुनु स्वाभाविक भएको उल्लेख गरे ।

उनले आफ्नो दल सुरुदेखि नै सुशासनको पक्षमा रहेको बताउँदै यसअघि गठबन्धन सरकारमा सहभागी हुँदा पनि सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक गरेको स्मरण गराए ।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =