गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति पदीय मर्यादाविपरीतः रक्षा बम

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरण र त्यसपछि लेखिएको फेसबुक अभिव्यक्तिका कारण विवाद उत्पन्न भएको छ । आलोचना बढेपछि उनले उक्त पोस्ट हटाएका छन् ।
गुरूङले आफ्नो प्रारम्भिक प्रतिक्रियामा ‘गरिब भएर जन्मनु गल्ती होइन, तर गरिब भएर मर्नु गल्ती हो’ भन्दै लेखेका थिए । उनले सरकारमा आउनुअघि भ्रष्टाचारबिनाको कमाइ अपराध नहुने तर पदमा रहँदा भ्रष्टाचार गरेर कमाउनु गलत हुने टिप्पणीसमेत गरेका थिए ।
उनको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जेनजी अभियानी रक्षा बमले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएकी छन् ।
बमले आर्थिक हैसियतका आधारमा कसैको जीवनलाई गलत ठहर गर्न नहुने भन्दै लेखेकी छन्, ‘फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो ।’
उनका अनुसार नेपालमा ठूलो जनसंख्या गरिबीको रेखामुनि रहेको र सबैलाई समान अवसर नपाउने अवस्था भएकाले गरिबीलाई व्यक्तिगत ‘गल्ती’ का रूपमा चित्रण गर्न नहुने बताएकी छन् ।
उनले राज्यको संरचना र अवसर सीमित भएको अवस्थामा सबै नागरिकले उच्च आर्थिक हैसियत बनाउन नसक्ने यथार्थलाई स्वीकार गर्नुपर्ने उल्लेख गर्दै यस्तो अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गरेकी छन् ।
माननीय गृहमन्त्रीज्यू,








