गोकुल बाँस्कोटाको कटाक्ष: ‘देश लंका बनिसक्यो’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देशको वर्तमान अवस्थाप्रति कटाक्ष गर्दै ‘देश लंका बनिसकेको’ टिप्पणी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले सुनका गरगहनासहितको सम्पत्ति विवरण सार्वजनिक गरेपछि उनले व्यंग्यात्मक प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भयो । देश लंका बनिसकेछ । डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ ।’

उनले यसलाई समृद्धि आएको संकेतका रूपमा व्यंग्य गर्दै सुशासन पनि त्यहीँबाट सुरु हुने टिप्पणी गरेका छन् । ‘म झनै खुसी किन कि जहाँ कंगाल त्यहीँ चाण्डाल भन्थे, त्यो दूर भएछ । झिक्कै झिक्कै माया तँलाई,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =