टिचिङमा पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया हुँदै
२०८२ चैत ३० गते

काठमाडौं । पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्न थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनकाे शल्यक्रिया गर्न थालिएको हाे ।
जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।
२०८२ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित









