मन्त्री सुनिल लम्सालसँग ९० लाख बैंक मौज्दात, ३० तोला सुनसहित परिवारका नाममा थुप्रै जग्गा
२०८२ चैत २९ गते

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात तथा सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरिएको छ ।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको पनि उल्लेख छ ।
त्यस्तै, पारिवारिक सदस्यका नाममा विभिन्न स्थानमा जग्गा तथा घर रहेको विवरणमा देखाइएको छ । रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर रहेको, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा रहेको उल्लेख गरिएको छ ।
यसैगरी, स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारीसमेत परिवारका नाममा रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









