ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी, बैंकमा ५८ लाखभन्दा बढी मौज्दात
२०८२ चैत २९ गते

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफ्नो नाममा १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उक्त सुन तथा चाँदी पैतृक सम्पत्ति र विवाहमार्फत प्राप्त भएको उल्लेख गरिएको छ ।
त्यस्तै, विभिन्न बैंक खातामा गरी कुल ५८ लाख ६४ हजार ६३६ रुपैयाँ मौज्दात रहेको विवरणमा जनाइएको छ ।
मन्त्री श्रेष्ठसँग १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबरको सेयर लगानी पनि रहेको उल्लेख छ ।
सम्पत्ति विवरणमा उनीसँग गाडी, स्कुटर तथा विद्युतीय (इभी) गाडीसमेत रहेको जनाइएको छ ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









