बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने प्रश्ताव गरेको छ ।
आईतवार काठमाडौंमा आयोजित बालबालिकासम्बन्धि ऐन, २०७५ तथा नियमावली, २०७८ संशोधन सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सो जानकारी दिएका हुन् ।
उच्च अदालतमा पुनरावेदनमा जान सक्ने गरी सो सम्बन्धि मुद्दा बाल अदालतमा नै हेर्ने व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे । त्यसैगरी सो सम्बन्धि संशोधन प्रश्तावमा कुनै व्यक्ति वा संस्थाले झुटो विवरण पेश गरी बालबालिकालाई बाल गृहमा राखेको पाइएमा प्रतिबालिबालिका ५० हजार जरिवाना गर्ने व्यवस्था पनि गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाले सो सम्बन्धि प्रस्तावमा आफ्नो राय, सुझाव दिनका लागि विज्ञहरुलाई आग्रह समेत गरे ।
प्रवक्ता बुढाले बालबालिका सम्बन्धि ऐन कानूनलाई समयको मागअनुसार संशोधन गर्नका लागि सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गरिरहेको पनि बताए ।









