उन्नाइस केजी गाँजासहित युवक पक्राउ
२०८२ चैत २९ गते

सिरहा । जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् ।
मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो ।
यहाँ स्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले आज बिहान निजलाई पक्राउ गरेको हो ।
शङ्का लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद २५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








