अम्पायरविरुद्ध टिप्पणीपछि करण केसी विवादमा, कारबाहीको माग
२०८२ चैत २८ गते

काठमाडौँ । करण केसीले अम्पायरको निर्णयसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर विवाद चुलिएको छ ।
Cricket Umpires & Scorers Association of Nepal ले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा करण केसीको ट्वीटप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अभिव्यक्तिले अम्पायरहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा असर परेको जनाएको छ ।
संघले यस्तो अभिव्यक्तिलाई ‘निन्दनीय’ भन्दै यस्ता गतिविधिलाई निरुत्साहित गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग कडा कारबाहीको माग गरेको छ ।
साथै, खेलाडीहरूलाई सार्वजनिक रूपमा जिम्मेवार अभिव्यक्ति दिन पनि आग्रह गरिएको छ ।

२०८२ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित









