नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ गराएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए । उनले रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।

उद्योग मन्त्रालयको जिम्मेवारी भने यसअघि प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।

रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =