अकासियो सुनको मूल्य, एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो
२०८२ चैत २५ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अकासिएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०८२ चैत २५ गते
प्रतिक्रिया








