नेपालमा टौरियन एमपीएसको प्रवेश- आरबीजी इन्टरनेशनल आधिकारिक डिलर नियुक्त

काठमाडौँ । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कम्पनी Taurian MPS Ltd. ले नेपालका लागि आफ्नो आधिकारिक डिलरमा RBG International Pvt. Ltd. लाई नियुक्त गरेको छ।
मंगलबार काठमाडौंस्थित Hotel Barahi Plaza मा आयोजित एक औपचारिक समारोहमार्फत उक्त साझेदारी घोषणा गरिएको हो । कार्यक्रममा Taurian MPS Ltd. का ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन र अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पाथानियाको उपस्थिति रहेको थियो।
त्यसैगरी RBG International Pvt. Ltd. का अध्यक्ष बलराम उपाध्याय, निर्देशक रवि रञ्जन कुमार तथा निर्देशक श्यामल झाको सहभागिता रहेको थियो ।
नयाँ साझेदारीसँगै RBG International अब क्रसर प्लान्ट क्षेत्रमा प्रवेश गर्ने भएको छ । कम्पनीले गुणस्तरीय उपकरणसँगै प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्दै छिटो सेवा, न्यून डाउनटाइम तथा दीर्घकालीन भरपर्दो सञ्चालन सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ ।
नेपालमा तीव्र गतिमा भइरहेको जलविद्युत तथा पूर्वाधार विकाससँगै उच्च क्षमताका क्रसर प्लान्ट तथा मटेरियल प्रोसेसिङ उपकरणहरूको माग बढिरहेको सन्दर्भमा यस सहकार्यलाई महत्वपूर्ण मानिएको छ ।
यस साझेदारीले नेपालमा अत्याधुनिक क्रसिङ तथा स्क्रिनिङ समाधानहरूको पहुँच विस्तार गर्नुका साथै देशको पूर्वाधार विकास र औद्योगिक प्रगतिमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








