चर्चित उपन्यास ‘सेतो धरती’ अब रङ्गमञ्चमा

सुन्दर धितालको निर्देशनमा कान्तिपुर फिल्म एकेडेमीले गैह्रिधारा स्थित कान्तिपुर थिएटरमा चैत २७ गतेदेखि यो नाटक मञ्चन गर्न लागेको हो

काठमाडौँ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ अब रङ्गमञ्चमा मञ्चन हुने भएको छ। सुन्दर धितालको निर्देशनमा कान्तिपुर फिल्म एकेडेमीले गैह्रिधारा स्थित कान्तिपुर थिएटरमा चैत २७ गतेदेखि यो नाटक मञ्चन गर्न लागेको हो। कान्तिपुर फिल्म एकेडेमीको चौथो नाटकको रूपमा मञ्चन हुन लागेको  ‘सेतो धरती’ लाई लोकप्रिय अभिनेत्री रेखा थापाले निर्माण गरेकी हुन्। जसमा चलचित्र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने छ।

वैशाख १९ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेत्री बेनिशा हमाल सहित सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल, विरान दहनी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रबीन पुन मगर र वर्षा भण्डारी लगायतका कलाकारहरूको अभिनय रहनेछ।

नाटक बुधवार बाहेक हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ भने शनिवार, आइतबार र वैशाख १ गते दिउँसो १:१५ बजे अतिरिक्त शो पनि मञ्चन हुदैछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =