इरानलाई अजरबैजानले पठायो तेस्रो मानवीय सहायता सामग्री
२०८२ चैत २२ गते

एजेन्सी । अजरबैजानले इरानका लागि तेस्रो चरणको मानवीय सहायता सामग्री पठाएको छ । राज्य समाचार एजेन्सी अजरट्याकले यसबारे जानकारी दिएको हो ।
इरानको तत्काल आवश्यकताहरू पूरा गर्ने उद्देश्यले गरिएको यो कदम मार्च ८ मा अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन कुराकानीपछि चालिएको हो ।
कुल २०० टन तौल भएको यस ढुवानीमा खाद्यान्न, औषधि र चिकित्सा सामग्रीहरू समावेश छन् । इरान चुनौतीपूर्ण समयबाट गुज्रिरहेको उल्लेख गर्दै अजरबैजानका लागि इरानी राजदूत मोज्तबा देमिरचिलुले यो सहायता सामग्रीले अजरबैजानी सरकार र जनताको ऐक्यवद्धता र समर्थन झल्काउने बताएका छन् ।
२०८२ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








