‘गर्मीले होइन, क्रम्प्टन ले जित्छ’ – क्रम्प्टको नयाँ वर्ष २०८३ अफर सार्वजनिक

काठमाडौँ । सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डअन्तर्गत नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै ‘गर्मीले होइन, क्रम्प्टन ले जित्छ’ भन्ने मुख्य सन्देशसहित
विशेष उपभोक्ता अफर सार्वजनिक गरेको छ ।

गर्मी मौसमलाई लक्षित गरी ल्याइएको यस क्याम्पेनले उपभोक्ताहरूलाई उत्कृष्ट कूलिङ समाधानसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।

यस अफरअन्तर्गत क्रम्प्टनका विभिन्न उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले QR कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्न सक्नेछन् । दर्ता भएका सहभागीहरूलाई कम्प्युटराइज्ड प्रणालीमार्फत लक्की ड्रमा समावेश गरिनेछ ।

यस योजनामा बम्पर उपहारस्वरूप माइडियाको 236 लिटर डबल डोर रेफ्रिजेरेटर राखिएको छ भने प्रत्येक पन्ध्र दिनमा Crompton Mixer Grinder जित्ने अवसर पनि प्रदान गरिएको छ।

क्रम्प्टनले पङ्खा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका घरायसी उपकरणहरू उत्पादन गर्दै आएको छ ।

यस नयाँ वर्षमा ‘गर्मीले होइन, क्रम्प्टन ले जित्छ’ भन्ने सन्देशसहित सुरु गरिएको यस अफरले उपभोक्ताहरूलाई सहज, भरपर्दो र लाभदायक
खरिद अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

ग्राहकहरूले नजिकैको अधिकृत डिलर वा शोरूमबाट क्रम्प्टनका उत्पादन खरिद गरी QR कोड स्क्यान गरी नयाँ वर्ष अफरमा सहभागी भई आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । साथै सर्तहरू लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =