सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
२०८२ चैत २० गते

काठमाडौं । स्थानीय बजारमा आज सुनेको मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८३० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार कायम भएको थियो ।
गत बुधवार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
२०८२ चैत २० गते
प्रतिक्रिया








