सिजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर ‘Experience Life with CG’ नामक विशेष अभियान सार्वजनिक गरेको छ ।

आधुनिक प्रविधि र जीवनशैलीलाई केन्द्रमा राख्दै ल्याइएको यस योजनाले उपभोक्तालाई स्मार्ट, सहज र उन्नत जीवनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस विशेष योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनर जस्ता विभिन्न घरायसी उपकरणहरूको खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यस योजनामा ग्राहकहरूलाई अधिकतम रु. ५६,००० सम्मको आकर्षक क्यासब्याक सुविधा उपलब्ध गराइएको छ, जसले उच्च मूल्यका उत्पादनहरूलाई अझ पहुँचयोग्य बनाएको छ ।

यसका साथै, वासिङ मेसिनको खरिदमा मोडलअनुसार एरियल डिटर्जेन्ट, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान को आकर्षक सुविधा समेत प्रदान गरिएको छ ।

ग्राहकलाई थप सहज खरिद अनुभव प्रदान गर्ने उद्देश्यले यस योजनामा ‘सिजी इलेक्स ईएमआई’ सुविधा पनि समावेश गरिएको छ । यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो नागरिकता मात्र पेस गरेर सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । यसले उपभोक्तालाई आवश्यक प्रविधिमा सहज पहुँच प्रदान गर्दै आधुनिक जीवनशैलीलाई अझ सरल, प्रभावकारी र आर्थिक रूपमा सहज बनाउने विश्वास लिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जनाए अनुसार यो योजना चैत १९ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ । यस योजना र उत्पादनहरूबारे थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बरहरू १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =