मण्डला थिएटरमा ‘अतिरञ्जन को मनोरञ्जन’ (तस्बिरहरू)
नाटकमा मनोरञ्जन र यथार्थबिचको सन्तुलन, सत्यको खोजी र मानवीय निर्णयका आयामलाई प्रस्तुत गरिएको छ

काठमाडौं । मण्डला थिएटर नेपालमा नाटक ‘अतिरञ्जन को मनोरञ्जन’ को यही चैत १८ गतेदेखि नियमित मञ्चन सुरु भएको छ ।
संयोग गुरागाईँको लेखन अनि सागर खाती कामी को निर्देशन तथा कथामा तयार गरिएको यस नाटकले मनोरञ्जनको सीमाभन्दा बाहिर गएर समाजमा देखिने अतिरञ्जन र त्यसका प्रभावमाथि प्रश्न उठाउने प्रयास गरेको छ ।
शीर्षकअनुसार नै ‘अति’ कहिले ‘अति’ हुन्छ?, भन्ने जटिल प्रश्नलाई केन्द्रमा राख्दै नाटकले दर्शकलाई सोच्न र आत्ममूल्यांकन गर्न प्रेरित गरेको छ ।
नाटकमा मनोरञ्जन र यथार्थबिचको सन्तुलन, सत्यको खोजी र मानवीय निर्णयका आयामलाई प्रस्तुत गरिएको छ । मनोरञ्जनले सीमा नाघ्दा त्यसमा कति सत्य बाँकी रहन्छ भन्ने विषयलाई यो नाटकले गहिरो ढङ्गले उजागर गरेको छ ।
वैशाख १३ गतेसम्म मञ्चन हुने यस नाटकमा कलाकारहरू सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र बिष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुष्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भाष्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसेले अभिनय गरेका छन्
नाटक सोमबार बाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिवार दिउँसो १ः३० बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
तस्बिरहरूः–









