काँग्रेस संस्थापन इतर पक्षका नेताहरुको अडानः १४ औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ

काठमाडौं । नेपाली काँग्रेसका संस्थापनइतर पक्षका नेताहरुले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरु नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।

बुधवार आफू पक्षका नेताहरुको भेलामा सहभागी भएका नेताहरु गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरुले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रिय कार्य समितिलाई बैधानिकता दिएर आफूहरु नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याएका हुन् ।

नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरु १५ औं महाधिवेशनको तयारीमा जुटने र त्यसमा काँग्रेसका सबै समूहहरु सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् ।

नेता बरालले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई विधिवत रुपमा मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पारे ।

अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रिय कार्य समिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गरे ।

उनले १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा रहेको पनि बताए । यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनको तयारी थालिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =